२२ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ २ २០७६

आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । वि.सं. १९९० साल माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो ।
भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किएको थियो । भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन ।
नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ । पछिल्लो पटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै नौ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भएका थिए । यसैबिच भूकम्प सुरक्षा दिवसको अवसरमा बागलुङ लगाएतका स्थानमा सचेतना मुलक कार्यक्रमको आयोजना पनि गरिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई ( अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) को कार्यालय बागलुङको आयोजनामा सचेतना मुलक ¥याली सहित कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख रेणुकाकुमारी पाण्डेले जानकारी दिनुभयो ।