बागलुङको भिमापोखरामा कृषि मेला प्रर्दशनी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष २७ २០७६

बागलुङको काँठेखोला गाउँपालिका २ भिमापोखरामा कृषि मेला प्रर्दशनी तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिम्रिक कृषि तथा पशुु व्यवसायिक सहकारी संस्थाको आयोजनामा शनिवार भिमापोखरामा कृषि मेला प्रर्दशनी तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुुनिक कृषि प्रणालीमा जोडिन आग्रह गर्नुुभएको छ ।
अध्यक्ष थापाले कृषि क्षेत्रको बिकास तथा पुर्वाधार विकास सरकारको लक्ष्य भएपनि गाउँका बाझो जग्गा सरकारले आएर प्रयोग नगर्ने भएकाले कृषि प्रणालीबाट नै देशलाई समृद्ध बनाउन युवापुुस्ता आधुुनिक कृषि प्रणालीसँगै व्यवसायमा जोडिन आवश्यक रहेको बताउनुुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका २ का वडा अध्यक्ष विद्यापति शर्मा, भिमापोखरा युवा क्लव विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा र समाजसेवि टिकाराम सापकोटा लगायतले बोल्नुुभएको थियो ।
कृषि प्रर्दशनी मेलामा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय आधारभुुत विद्यालय प्रथम, शिवालय आधारभुुत विद्यालय द्धितिय र तितौरे मावि तृतिय भएका छन् । मेलामा स्थानिय स्तरमा उत्पादन भएका विभिन्न बाली कृषि सामाग्रीको प्रर्दशनीका साथै निशुल्क पशु स्वास्थ्य शिविर पनि गरिएको थियो ।
सो अवसरमा खाद्य बाली तर्फ धानवाट नारायण थापा प्रथम, फापरवाट डोलेन्द्र पौडेल द्धितीय, कोदोवाट कोपिला सापकोटा तृतीय र मकैवाट राधिका उपाध्याय सान्त्वना हुनु भएको थियो । त्यसैगरि नगदेवाली तर्फ उखुवाट असिम कार्की उत्कृष्ठ र बेसारवाहरिबहादुर जिसी सान्त्वना हुनु भएको थियो ।
कार्यक्रम सिम्रिक कृषि तथा पशुु व्यवसायीक सहकारी संस्थाका अध्यक्ष चुुडामणी उपाध्यायको अध्यक्षता, कोषाध्यक्ष जगन्नाथ आचार्यको स्वागत र सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।