स्क्रब टाइफसका बिरामी भेटिए

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, पुष २६ २០७६

म्याग्दीमा स्क्रब टाइफस रोगका बिरामी फेला परेकी छन ।
बेनी अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–९ घतानकी एक ६६ वर्षीया महिलामा स्क्रब टाइफसको अस्पतालका चिकित्सक सुदिप अधिकारीले बताउनुभयो ।
’लामो समयसम्म ज्वरो निको नभएपछि उपचारका लागि अस्पताल आएकी ती महिलामा स्क्रब टाइफसको संक्रमण भेटियो, उहाँले भन्नुभयो, ’उपचार भइरहेको छ ।’ अरुमा पनि स्क्रब टाइफसको संक्रमण फैलिन सक्ने भएकाले सतर्कता अपनाइएको छ ।
स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो देखिने गर्छ ।
मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, वनपाखा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका प्रमुख मनोज घिमिरेले बताउनुभयो ।