भ्रमण वर्षको जागरण मोटरसाईकल यात्रा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २५ २០७६

नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्नको लागि प्रदेश नम्वर १ को पाँचथर देखि नेपाल भ्रमणमा निष्केका युवाहरु बागलुङ आई पुगेका छन् ।
यात्रीहरुले तराईमा हुलाकी राजमार्ग छ भन्ने सवैलाई थाहा छ यात्री हर्क नेम्वाङले भन्नुुभयो पहाडमा रहेको राष्ट्रिय गौरवको आयोजना पुुष्पलाल मध्यपहाडी लोकमार्ग नेपालको अर्काे दुुई छिमेकी जोड्ने राजमार्ग छ भनेर चिनाउनुु प्रमुुख उद्धेश्य लिएर मोटरसाइकल यात्रामा आएको बताउनुभयो ।
टोलीले नेपाल भारतको सिमानामा पर्ने पुुर्वको चिवाभञ्याङ पाँचथरदेखि पश्चिमको झुुलाघाट बैतडीसम्म रहेको एक हजार ७ सय ७६ किलोमिटर मध्यपहाडी लोकमार्गले हालसम्म निर्माणको अवस्था , सडकले स्थानिय ल्याएको सामाजिक परिवर्तनको समेत अध्ययन गर्ने लक्ष्य लिएको छ ।
६ वटा मोटरसाइकलमा ११ जनाको समुुह पाँचथरदेखि नेपाल भ्रमण वर्षलाई सफल बनाउन साथै ओझेलमा परेको पर्यटकीय स्थलहरुको प्रचार गर्ने र नेपाल भ्रमण वर्षलाई सफल बनाउन र देश विकाश सवै पार्टी एकजुुट हुुनुुपर्दछ भन्ने सन्देश प्रवाह गर्न राजनितिक दल पत्रकार मिलेर यात्रामा रहेको हर्क नेम्वाङको भनाई छ ।
मध्यपहाडी लोकमार्गले छोएको २३ जिल्लाहरुको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय क्षेत्रको अवलोकन गर्ने लक्ष्यका साथ टोली पौष १६ देखि यात्रामा निस्केको हो । टोलीले विहिवार सम्म १५ जिल्ला पार गरिसकेको छ ।