दृश्यावलोकनको लागि पर्यटकको रोजाईमा ‘भ्यु–टावर’

धौलागिरी एफएम संवाददाता, गलकोट / प्रकाशित मिति :
सोमबार, पुष २१ २០७६

काठेखोला गाँउपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको घोडाबाँधे भ्यु टावर अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरुको आकर्षण बढेकोे छ ।
२०६८ सालमा साविक जिल्ला बिकास समिति अन्तरगतको ग्रामीण पहाडी पर्यटन प्रवद्र्वन तथा बिकास केन्द्रको सहयोगमा निमार्ण गरिएको उक्त टावरमा, बागलुङ बजार, गलकोट क्षेत्र, पर्वत तथा म्याग्दी जिल्लावाट आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ वुर्तिवाङ खण्डको स्तर वृद्धि तथा गलकोट खण्डमा कालोपत्रे भइ यातयातसेवा सहज हुँदा दृश्यावलोकनका लागि आउनेहरुको संख्या बढेको हो ।
बिहँु तथा गलकोट क्षेत्रको धुरीमा रहेको भ्यू टावरबाट धौलागिरी, माछापुछ्रे, अन्नपूर्ण लगाएतका हिम श्रृङखलाहरु देख्न सकिन्छ । मध्यपहाडी लोकमार्गको नजिकै रहेको यस क्षेत्रमा पर्यटकको लागि सेवा सुबिधा बिस्तार गर्नुपर्ने र सुरक्षाको ब्यबस्थापन हुनुपर्ने स्थानिय होटल ब्यवसायी सुनिल काउचाले बताउनुभयो । प्रत्येक बर्ष सिजन र बेसिजनमा गरि हजारौ पर्यटक घुम्न र बनभोजका लागी पुग्ने गरेका छन ।
अहिले बनभोजनको सिजन भएका कारण प्रत्येक जसो बिभिन्न बिद्यालय, संद्य, संस्था, बिभिन्न समुह बनाएर बनभोजको लागी भ्युटावरमा रोजाईमा पार्ने भएकोले आन्तरीक पर्यटकको संङ्ख्या बढेको हो । स्थानियका अनुसार भ्यु टावरलाई पर्यटकिय गन्तब्य बनाउनका लागी स्थानिय सरकारले बिशेष चासो दिनुपर्नेमा जोड दिएका छन ।
भ्यु टावरमा खानेपानी र शौचालयको प्रमुख समस्या छ । भ्युटावरमा अहिले गलकोट समाज गलकोटको ब्यबस्थापनमा गलकोट समाज जापानद्धारा निर्मीत गलकोट प्रबेशद्धार गेट रहेकोले उत्त गेटको अग्रभागबाट फोटो खिच्नको लागी समेत प्रर्यटक पुग्ने गरेको स्थानिय बताउछन् ।
पछिल्लो समय भ्यु टावर नजिक बनेका सुबिधा सम्पन्न होटल तथा रेष्टुरेण्ट सञ्चालनमा आएपछि लोकमार्गमा दिनहु गुुड्ने लामो तथा छोटो दुरीका सवारी साधानले भ्यु टावरमा रोकेर दृश्यावलोकन गर्न र खाजा नास्ता खान समेत सहज भएकोले चहल पहल बढेको हो ।