महेन्द्ररत्न माविमा सिसिटिभि जडान

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
सोमबार, पुष २१ २០७६

म्याग्दीको मंगला गाउपालिका–३ बरंजाको आरभाङ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान भएको छ ।
विद्यालयको सुरक्षा, शैक्षिण गुणस्तर सुधार र विद्यार्थीमा अनुशासन कायम गर्ने उद्देश्यले दश थान सिसिटिभी क्यामेरा जडान भएको हो ।
कक्षा ८, ९ र १० को कक्षाकोठा, विद्यालय प्रवेशद्धार, खेलमैदान, विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय र कार्यालयमा सिसिटिभी जडान भएको हो । सिसिटिभी क्यामेराबाट विद्यालय र कक्षा कोठाको निगरानी गर्न सकिने प्रअ कृष्णलाल सापकोटाले बताउनुभयो ।
बरंजा–भकिम्ली माइति कुटुम्ब समाज काठमाडौ र बरंजा भूतपूर्व विद्यार्थी क्लवको पहलमा जडान गरिएको सिसिटिभि क्यामेराको ६१ औ वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको थियो ।