भ्रमण खर्च कटाएर अस्पतालमा सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, पुष २१ २០७६

धौलागिरी अञ्चल अस्पतालमा कोरियन नागरिकहरुले फिजियोथेरापीको साम्रागी सहयोग गरेका छन् ।
दुुई वर्ष धौलागिरी अञ्चल अस्पतालमा कार्यरत तथा फिजियोथेरापीको सुरुवात गरेका कोरियन डाक्टर लिसङ कोङको समुुहले नेपाल भ्रमणको खर्च कटाएर धौलागिरी अञ्चल अस्पतालमा ४ लाख मुल्य बराबरको फिजियोथेराफीका साम्रागी हडव्याक, ढाडमा लगाउने लम्वर वेड लगायत मसल साम्रागी सहयोग गरेका हुुन ।
भ्रमण समयमा आइतबार बागलुुङ बजारमा आएको कारियन टोली डाक्टर लि सङ कोङले धौलागिरी अञ्चल अस्पतालमा सो साम्रागी हस्तातरण गरेको धौलागिरी अञ्चल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिनुुभएको थियो ।
धौलागिरी अञ्चल अस्पतालमा समुुहले पहिले पनि इमेरजेन्सी वार्डमा विभिन्न सामान सहयोग गरेको थियो ।