शिक्षकहरु उत्तरदायी र जवाफदेहि बन्नुपर्नेः सांसद बुढा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष १२ २០७६

गण्डकी प्रदेश चन्द्र बहादुर बुढा सागरले विद्यालय बालमैत्रि, सरसफाई युक्त, हुनुपर्ने बताउनुभएको छ ।
त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका २, खर्वाङको ६०औं वार्षिकोत्सवको उद्घाटन गर्दै साँसद बुढाले शिक्षा, स्वास्थ्यलाई संविधानले मौलिकहकको रुपमा व्याख्या गरेको भन्दैस्थानिय सरकारले आफ्नो दायीत्व वोध गर्दै कार्यकुसलता प्रदर्शन गर्नुपर्ने बताउनु बताउनुभयो ।
नेपालमा अस्थिरता निम्ताउन विभिन्न शक्तिकेन्द्रहरु खेल्न खोजेको भन्दै राजनैतिक नेतृत्व, सामाजिक अगुवा चनाखो हुनुपर्ने समेत औल्याउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुुुसालले सवैको एकताले त्रिभुवन मावि नमुना हुन सफल भएको बताउनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले ३ करोड वढिको आर्थिक तथा भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कक्षा ११ कि चन्द्रा विक त्रिभुवन आइडल बन्नुभयो ।
४९ जनाको प्रतिसपर्धावाट उहाँ त्रिभुवन आइडल सिजन २ को पदक हात पार्न सफल हुनुभएको हो । फस्ट रनर अपमा कक्षा ९ का दिनेश सिंजाली र सेकेन्ड रनरअपमा कक्षा १२ का सुरज परियार छनौट हुनुभएको छ ।
भलिवल खेल छात्र तर्फ मावि जुनियरमा दिनेश सिंजाली, सिनियरमा अनिल पच्या, मावि सिनियर छात्रा भलिवल तर्फ सम्झना घर्ति उत्कृष्ट खेलाडि बन्न सफल भएका छन्। त्यस्तै कपर्दि प्रतियोगीतामा मावि सिनियर छात्रा तर्फ पुकार दर्लामी, छात्र तर्फ दिपेश छिनाल, मावि जुनियर छात्रा तर्फ सुवास्ना क्षेत्रि छात्र तर्फ डेनिस सलामी उत्कृष्ट खेलाडि बन्न सफल भएको बताइएको छ ।