अञ्चल अस्पतालमा अक्सिजन प्लान जडान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, पुष ७ २០७६

धौलागिरी अञ्चल अस्पताल बागलुङमा अक्सिजन उत्पादनको लागि अक्सिजन प्लान्ट जडान गरिएको छ ।
अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा पोखरादेखि अक्सिजन लिएर प्रयोग गर्नुपर्ने अवस्था थियो । अस्पताल परिसरमा अक्सिजन उत्पादनका लागि ग्यास स्टेशन निर्माण गरिएको हो ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको ६१ लाख ४० हजार रुपैयाँ सहयोगमा अक्सिजन उत्पादन तथा स्टेसनको निर्माण गरिएको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको ९४ लाख ४० हजार मध्ये ६१ लाख ४० हजारले अक्सिजन उत्पादन तथा स्टेसन निर्माण गरिएको र बाँकी ३३ लाखले बेडसम्म अक्सिजन पुु¥याउनका लागि अक्सिजन पाइप बिस्तारमा २५ लाख खर्च भैसकेको र बाँकी ८ लाखको काम बाँकी रहेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माको भनाई छ ।
गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणको लागि गतवर्ष ३३ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने चालु आर्थिक वर्षमा ६१ लाख रुपैयाँ विनियोजन गर्ने सदस्य शर्माको भनाई छ । गतवर्षको रकमबाट ३३ लाख रुपैयाँ भुक्तानी दिए पनि अन्य रकम बाँकी रहेको छ ।
अञ्चल अस्पतालमा करिव ७० बेडमा पुुग्ने गरी अक्सिजन उत्पादन गर्न सकिने गरी अक्सिजन प्लान्ट जडान गरिएकाले अब अक्सिजनका लागि पोखरादेखि सिलिण्डर बोक्न पर्ने बाध्यताको चाडै अन्त्य हुुने शर्माको भनाई छ ।
अक्सिजन प्लान्ट एक महिनासम्म परीक्षणका लागि राखिएको समेत धौलागिरी अञ्चल अस्पतालले जानकारी दिएको छ । एक महिनाको सफल परीक्षण पछि मात्र नियमित प्रयोगमा ल्याउन सकिने अंचल अस्पतालका प्राविधिक झलक शर्माको भनाई छ । अंचल अस्पतालमा इमरजेन्सी बाहेक दैनिक १५–२० सिलिन्डर अक्सिजन प्रयोग हुँदै आएको प्राविधिक शर्माको भनाई छ ।
पोखरादेखि ल्याउन एक सिलिन्डर अक्सिजनको ६ सय ५० रुपैयाँ मूल्य रहेको छ । अंचल अस्पतालमा वार्षिक ४०–५० लाख रुपैयाँसम्मको अक्सिजन खपत हुँदै आएको छ । अस्पताल परिसरमै उत्पादन भएको अक्सिजनले अक्सिजनको खरिदको लागि वार्षिक बाहिरीने करिब ४०÷५० लाख रुपैयाँ बचत हुने बताइएको छ ।