अपाङ्गता व्यक्तिलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, पुष ७ २០७६

शारिरिक रुपमा अपाङगता भएका व्यक्तिलाई लक्षित गरी बागलुङकोे विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
फेयरमेड फाउण्डेसनको सहयोग विवाईसी बागलुङको साझेदारीमा संचालित, ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्र्तरगत जिल्लाका ६ वटा स्थानिय तहका शारिरिक अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी शिविर संचालन गरिएको हो ।
यसको प्राविधिक सहयोग आईएनएफ र आईसिआरसीले गरेको छ भने स्थानिय संयोजक स्वास्थ्य कार्यलय बागलुङ र सम्बन्धीत स्थानिय तहहरुले गरेका छन ।
शिविरमा शारिरिक रुपमा अपाङगता भएका व्यक्तिहरुका निःशुल्क जाँच गर्नुका साथै उनिहरुको आवश्यक पर्ने बैशाकी लगायतका अन्य साधनहरु पनि प्रदान गरिएको छ ।
शिविरमा तमानखोला, निसीखोला, बडिगाड, ढोरपाटन, गलकोट र बरेङ गाउँपालिका भित्रका शारिरिक अपाङता भएका व्यक्तिले सेवा लिएको स्वास्थ्य कार्यालय बागलुङका सुचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
शिविरमा जाँच गरेका शारिरिक अपाङगता भएका व्यक्तिलाई आवश्यक पर्ने बैशाकी लागतयका अन्य सामाग्रीहरु तत्काल निर्माण गर्न उपयुक्तलाई शिविरमै प्रदान गरिएको छ भने अन्यलाई रेफर गरेर पछि प्रदान गरिने जनाईएको छ । शिविर पौष ५ र ६ गते बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा शिविर संचालन भएको र पौष ७ गते गलकोटमा संचालन हुने जनाईएको छ ।
अपांगता भएका नागरिकहरुलाई शिविरमा आएका विज्ञद्धारा परामर्श दिइरहेको जनाइएको छ । विभिन्न कारणले शारिरीक रुपमा अशक्त भएका नागरिकहरुका लागि कृत्तिम हात, खुट्टा तथा बैशाखी प्रदान गरिएको छ ।
शिविरमा आएका, गरिव, विपन्न र दलित महिलाहरुलाई शिवरबाट सेवा पुग्न नसक्ने भएपछि स्थानीय तहको समेत सहयोगमा अप्रेशन वा अन्य सहयोगी सामाग्री वितरणमा भूमिका रहने भएको छ ।
शिविरबाट हुने सहयोगले अपांगता भएका नागरिकलाई सेवा नपुग्ने भएपछि रिफर गरि आवश्यक ठाउँबाट समेत उनीहरुलाई आवश्यक सेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको फेयरमेडका परियोजना प्रवन्धक गणेश बरुवालले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ को तयारी सम्वन्धी बागलुुङमा जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ ।
आगामी २०७८ बैसाख २५ देखि जेठ १५ सम्म गरिने राष्ट्रिय जनगणनालाई सफल प्रभावकारी बनाउने उद्धेश्यले जिल्लामा अन्तरक्रिया गोष्ठी गरिएको हो ।
नेपालमा वि.सं १९६८ देखि सुुरु भएको जनगणना ११ औ जनगणना सम्पन्न भएको र देशमा संघियता आएपछि यो जनगणना पहिलो हुुन लागको हो । अन्तरक्रिया कार्यक्रममा तथ्याङ्क कार्यांलय बागलुुङका प्रमुख मुुकुुन्द शर्माले जनगणनाको महत्व, आवश्यकता र यसले देश विकासलाई पार्ने प्रभावका बारेमा जानकारी दिनुुभएको थियो ।
उहाँले जनगणनाको स्थल कार्य घरपरिवार सुुचीकरण २० दिन, मुुल गणना १५ दिन, सामुुदायिक प्रश्नावली १५ दिन र असार ८ गते जनगणना दिवस मनाउने जानकारी दिनुुभएको थियो ।
जनगणनामा विभिन्न विधिको प्रयोग गर्दै आएको समेत कार्यालय प्रमुुख शर्माले बताउनुुभएको थियो । जनगणना तथ्याङ्कका लागि निश्चित मापदण्ड बनाएर कक्षा १२ पास वा सो सरह अध्ययन पछि बेरोजगार युुवाहरुलाई छनोट गर्ने समेत जानकारी दिनुुभएको थियो ।
बागलुुङको बुुर्तिबाङ, गलकोट कुुश्मेशेरा र बागलुुङ बजारमा गरी चार स्थानमा जनगणना कार्यालय स्थापना गर्ने समेत कार्यक्रममा जानकारी दिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेलले सवैको तथ्याङ्कले नै वास्तविक अवस्थाको पहिचान हुुने बताउनुुभएको थियो । नगरप्रमुख पौडेलले तथ्याङ्क सङ्कलनमा सवैको सहयोग अनिवार्य समेत रहेको जानकारी दिनुुभएको थियो ।
कार्यक्रम प्रमुुख जिल्ला अधिकारी लुुकबहादर क्षेत्रीको अध्यक्षता र सुुचना अधिकारी धिरेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।