पर्वत जिल्ला अस्पतालमा एनआईसीयु सेवा

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बिहिबार, पुष ३ २០७६

नवजात शिशुको उपचारका लागि पर्वत जिल्ला अस्पतामा एन आई सीयु सेवा सुरु भएको छ ।
लामो समयदेखि सुरक्षित प्रसूति गृह सञ्चालनमा आए पनि शिशुको सामान्य स्वास्थ्य परीक्षणबाहेक जटिल खालका बिरामीको उपचार हुन सकेको थिएन ।
धौलागिरीमै पहिलोपटक एनआईसीयु सेवा सञ्चालनमा आएको हो । स्वास्थ्य सेवामा सक्रिय लायन्स क्लबको सहयोगमा एनआईसीयु सेवा सुरु गर्न आवश्यक मेसिन तथा उपकरणहरू सहयोग भएपछि जिल्लाको एक मात्र अस्पतालमा नवजात शिशु उपचार कक्ष (एनआईसीयु) सञ्चालन भएको हो ।
विभिन्न विदेशी दाताको सहयोगमा लायन्स क्लब अफ सामाखुसी काठमाडांैको संयोजन तथा पर्वत जिल्लाका ८ वटा लान्यस क्लबहरूको पहलमा आवश्क उपकरणहरू अनुदानको रूपमा प्राप्त भएपछि एनआईसीयु सेवासमेत थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।
उहाँका अनुसार अब मेसिन जडान गरेर तत्काल केही दिनमै सेवा सञ्चालन गर्ने तयारी छ । ५० शैया क्षमताको बन्न लागेको पर्वत अस्पतालको सेवालाई प्रभावकारी, विपन्नमैत्री बनाउन र असहायका बालबच्चाले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सहयोग गरिएको लायन्स क्लब अफ डिस्ट्रिक्टको चिफ एड्भाइजर वसन्तकुमार कर्माचार्यले बताउनुभयो ।
पर्वत जिल्ला अस्पतालमा जन्मिएका बच्चाहरूमा कुनै संक्रमण वा समस्या देखिएमा पोखरा तथा काठमाडांै पु¥याउनुपर्ने बाध्यता थियो । एनआईसीयु सञ्चालनमा आएपछि जटिल समस्या भएका नवजात शिशुहरूको ज्यान बचाउन सकिने कर्माचार्यको भनाइ छ ।
लायन्स क्लबले मेडिकल डिभाइस, दुईवटा वेड लगायत गरी झण्डै १८ लाख रुपैयाँका सामग्री सहयोग गरेको छ । पर्वतमा वार्षिक झण्डै एक हजार महिला अस्पतालमा सुत्केरी हुने गरेका छन् ।
जसमध्ये झण्डै पाँच प्रतिशत शिशुहरू तत्काल उपचार गर्नुपर्ने समस्याका हुन्छन ्। अब तिनीहरूलाई पोखरा तथा काठमाडांै रेफर गर्नुपर्ने अवस्था नआउने जिल्ला अस्पतालका डाक्टर दिपक भण्डारीले बताउनुभयो । ‘पर्याप्त उपकरण उपलब्ध भएकाले अब उपचारमा सहज हुनेछ’, उहाँले भन्नुभयो ।