देशलाई चिनाउने भनेको खेलकुुद बन्दैः स्वामी कमलनयन

बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति :
शनिबार, मंसिर २८ २០७६

स्वामी कमलनयन आचार्यले देशलाई विश्वभर चिनाउने क्षेत्र नै खेलकुद बन्दै गएको बताउनुभएको छ ।
बागलुङ नगरपालिका ४ अधेरीखोलामा निर्माण गर्न लागिएको बहुुउद्धेश्यीय खेलमैदानको शिलन्यास तथा भुुमिपुजन कार्यक्रममा बोल्दै स्वामी आचार्यले देशलाई अहिले विश्वभर चिनाउने माध्यम खेलकुुद हुुदै गएकाले सवै क्षेत्रबाट खेलक्षेत्रमा विकास गर्नुुपर्नेमा जोड दिनुुभएको छ ।
उहाँले सवै युवाहरु एक भएर अगाडी बढ्न सके मात्र देश विकास सम्भव भएकाले सवैलाई एक हुुन पनि आग्रह गर्नुुभएको थियो । खेलक्षेत्रको विकासका लागि प्रतियोगितामा भाग लिन आउँदा पर्यटकीय क्षेत्रको विकास र प्रचारमा सहयोग हुुने स्वामी आचार्यको भनाई थियो ।
कुडुलेदेखि वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा भएका नेपाली र स्थानियको सहयोगमा निर्माण थालिएको मैदानमा हाल सम्म १० लाख रुपैयाँको सहयोग सङ्कलन भएको र मैदान निर्माण गर्न करिव ५० लाख लाग्ने तिरुपति वालाजी युुवा क्लवले जानकारी दिएको छ ।
कार्यक्रममा स्वामी ऋषी प्रपान्चार्य, पुुर्व उर्जाराज्यमन्त्री रामजीप्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य डिल्लीप्रसाद आचार्य, कुडुले मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराकान्त शर्मा, खेलमैदान जग्गा व्यवस्थापन समिति संयोजक भोलानाथ आचार्य लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष गणेश आचार्यको अध्यक्षता, सदसय प्रविन सापकोटाको स्वागत र पत्रकार दिनेश सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।