रोट्रयाक्टले ८ जनालाई छात्रबृद्धि दिने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर २४ २០७६

सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले ८ जना बिद्यार्थीलाई गरिव तथा जेहेन्दार छात्रबृद्धि दिने भएको छ ।
गत ३ बर्षदेखि आफ्नो सिग्नेचर प्रोजेक्ट अन्तरगत सामुदायिक बिद्यालयमा अध्यन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थी छात्रबृद्धि कार्यक्रम संचालन गर्दै आएको क्लवले देउसी भैलोवाट उठेको रकमले यस बर्ष ८ जनालाई छात्रबृद्धि दिने घोषणा गरेको हो ।
गत २ बर्ष बिभिन्न कार्यक्रम गरि संकलन भएको रकमवाट जनही ५ हजारका दरले ४ जनालाई छात्रबृद्धि प्रदान गर्दै आएको र यस बर्ष देउसी भैलोवाट संकलन भएको रकमले ८ जनालाई छात्रबृद्धि दिने घोषणा भएको क्ल्वका अध्यक्ष सुमित शाहीले जानकारी दिनुभयो ।
क्लवले गत कार्तिक ८ देखि ११ गतेसम्म दिपावलीको अवसरमा खेलेको देउसी भैलो कार्यक्रमवाट संकलन भएको रकमको आय व्यय बिवरण पनि सार्वजनिक गरेको छ । देउसी भैलोवाट जम्मा ३ लाख ६८ हजार २ सय ३ रुपैया संकलन भएको, १ लाख ८१ हजार ३ सय ९५ रुपैया खर्च भएको र १ लाख ८६ हजार ८ सय ८ रुपैया बचत भएको देउसी भैलोका संयोजक एवँ क्लवका उपाध्यक्ष झोकेन्द्र थापाले जानकारी दिनुभयो ।
बचत १ लाख ८६ हजार ८ सय ८ रुपैया मध्य ३६ हजार रुपैया उठ्न बाँकी रहेको र अन्य सवै रकम बैङ्मा जम्मा गरिएको क्लवका प्रस्तावित अध्यक्ष शिव केसीले बताउनुभयो । क्लवले देउसी भैलोमा सहयोग गर्ने कलकार तथा ५ हजार भन्दा माथि सहयोग गर्ने सहयोगदातलाई सम्मान पनि गरेको थियो ।