ताराखोला इकाईको अध्यक्षमा घर्ती

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर २४ २០७६

बागलुङको ताराखोला गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत मगर विद्यार्थीहरुको भेला सोमबार सम्पन्न भएको छ ।
भेलाले योगेन्द्र घर्तीको अध्यक्षतामा नेपाल मगर विद्यार्थी संघ ताराखोला गाउँपालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अस्मि रोका मगर, सचिवमा राजु पुन मगर, सहसचिवमा अस्मि घर्ती मगर र कोषाध्यक्ष तारा घर्ती मगर रहनुभएको छ ।
कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले हरेक विद्यार्थीहरुले सपना र उदेश्य लिएर अगाडी बढेमा मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले ग्रामीण समुदायमा छरिएर तथा शिक्षादेखि बन्चित भएका विद्यार्थीहरुलाइ गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्दै शिक्षाको अवसर प्रदान गर्न थालेको जानकारी दिनुभयो ।
कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नम्बर २ का वडा अध्यक्ष भद्रबहादुर घर्ती मगर, स्वास्थ्य शाखा प्रमुख उदित थापा मगर लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम नेपाल मगर विद्यार्थी सङ्घ बागलुङका अध्यक्ष सागर घर्ती मगरको अध्यक्षता र जिल्ला सदस्य बल बहादुर रोका मगरको सन्चालनमा सप्पन्न भएको थियो । त्यस्तै उषा श्रीस मगरको अध्यक्षतामा १५ सदस्य गलकोट नगरपालिकाको इकाई कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा सनिस घर्ती मगर, सचिवमा निशान पुन मगर सहसचिवमा रिक्सन पुन मगर र कोषाध्यक्षमा मिरा राना मगर रहनुभएको छ । मगर विद्यार्थी संघ गण्डकी प्रदेशको प्रथम अधिबेशन पुस ४ र ५ गते बागलुङ बजारमा सम्पन्न हुने भएकाले सङ्गठन विस्तारलाई तिव्रता दिएको हो ।