निर्माणधिन बेनीको अस्पताल भवन अलपत्र

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर १७ २០७६

ठेक्का सम्झौताको अवधि सकिनै लागे पनि बेनी अस्पतालको ५० शैड्ढया क्षमताको आधुनिक सुविधा सम्पन्न भवन निर्माण पूरा भएको छैन । बनिसक्नुपर्ने समयमा आधा पनि काम नभएको हो ।
‘अधकल्चो भवन अलपत्र छाडेर हिँडेका असारदेखि निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो ‘ठेकेदार लामो समय बिना सूचना बस्दा र काममा नफर्किदा भवन अलपत्र बनेको हो ।’
भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको हो । ५० शैया क्षमता भए पनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको अस्पतालका प्रमुख डाक्टर मनोज घिमिरेले बताउनुभयो ।
‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ,’ उहाँले भन्नुभयो । नयाँ भवन बनाउन पुरानो भवन दुई वर्षअघि भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ ।
आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । १५ शैड्ढया क्षमताको अस्पताल २०७२ सालमै ५० शैयामा स्तरोन्नति भएको थियो ।
तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । संघीयता कार्यान्वयनपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई यो आयोजना हस्तान्तरण भएको छ ।
२४ करोड चार लाख २९ हजार ८ सय ६९ रुपैयाँ लागत अनुमान गरिएको थियो । महादेव खिम्ति–गल्वा–रफिना जेभीले १८ महिना ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का लिएको हो । महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो ।
२०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९ सय ६३ वर्ग्मिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । हालसम्म एउटा ब्लक भवनको मात्र दोस्रो तला ढलान भएको छ । दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ ।