बिश्व एड्स दिवस मनाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर १६ २០७६

बिश्व एड्स दिवस बागलुङमा पनि सचेतनामुलक ¥याली सहित मनाइएको छ । धौलागिरि अञ्चल अस्पताल अन्तरगतको एआरडि सेन्टरको आयोजनामा सचेतनामुलक ¥याली सहित दिवस मनाइएको हो ।
एचआइभी रोकथाम, उपचार, हेरचाह र सहयोगमा सर्वव्यापी पहुँच पु¥याउने लक्ष्य सहित आयोजना गरिएको सचेतना मुलक ¥यालीपछि आयोजित कार्यक्रममा बोल्नेहरुले एचआइभि रोकथामका लागि सवैको सक्रियता र सकरात्मक सोच आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा धौलागिरि अञ्चल अस्पतालका डाक्टर प्रदिप श्रेष्ठले एचआइभिको रोकथाम, उपचार पद्धती लगाएतका बिषयमा जानकारी गराउँदै रोक लागेर पछुताउनु भन्दा रोग लाग्न नदिने बातावरण सिर्जना गर्न जरुरी रहेको बताउनुभयो ।
डाक्टर मछिन्द्रले बच्चामा हुन सक्ने एचआइभिका वारेका अवगत गराउँदै पुरुष र महिला बिच हुने असुरक्षित यौन सम्पर्कका माध्यमवाट मात्र एचआइभि नसर्ने भएकाले सुईद्धारा लागु पदार्थ लिनेहरु, यौनकर्मी पुरुष तथा महिलाहरु र उनिहरुका ग्राहकहरु, पुरुष समलिंगीहरु एवँ तेस्रो लिंगीहरु, आप्रवासी कामदारहरु र कैदीवन्दीहरुलाई पनि एचआइभी संक्रमणको जोखिम उच्च हुने भएकाले सचेत हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर पुजन बल्लवको अध्यक्षता र जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङमा हाल सम्म एआरडि सेन्टरमा ३ सय ५७ जना एचआइभी भएकाहरु दर्ता भएको, १ सय ५७ ले एआरटी लिइरहेको, ६३ जनाको मृत्यु भएको १ सय ३७ जनाले पर्वत ÷ म्याग्दीवाट औषधी लिइरहेको र ८६ जना बाहिर आएको अस्पतालका हेल्थ असिस्टेन्ट तथा एचआइभि एड्स सम्वन्धी परामर्सदाता प्रदिप आचार्यले जानकारी दिनुभयो ।