सुुविधा विस्तार गर्दै अस्पताल

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर १६ २០७६

धौलागिरी अञ्चल अस्पतालले थप सुुविधा विस्तार गर्दै जान थालेको छ ।
अंचल अस्पताल रिफर सेन्टर भएको चर्काे गुनासो भैरहेको अवस्थामा अस्पताल विकास समितिले भौतिक निर्माणसंगै अन्य स्वास्थ्य सेवाका सुविधा बिस्तार गर्न थालेको हो ।
नयाँ समिति आएसँगै अस्पतालले बिभिन्न क्षेत्रमा सेवा सुुविधामा वृद्धि गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले जानकारी दिनुुभयो । अहिले अस्पतालमा ब्लक ए र वि मा विरामीको उपचार हुुदै आएको र ब्लव सि असार मसान्तमा सम्पन्न हुुने गरी काम अगाडी बढेको अध्यक्ष राना मगरको भनाई छ ।
संघिय संसदिय कोषबाट एचसियुु निर्माणका लागि ५० लाख बजेट विनियोजित भएको र गण्डकी प्रदेस सरकारले ए र वि ब्लकको झ्यालमा ग्रिल राख्न ७ लाख बजेट विनियोजिन गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो ।
अस्पतालमा आइसियुु, एनआईसियुु, सिटिसक्यान मेसिन ल्याउन पहल भैरहेको र ट्रमा सेन्टर, मिनि ट्रमा एम्बुुलेन्स ल्याउन जापानिस राजदुतावासमा माग भएको तथा अस्पतालमा लिप्ट सञ्चालन गर्नका लागि गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ ।
धौलागिरी अञ्चल अस्पतालको नाम परिवर्तन गरी धौलागिरी उत्कृष्ट प्रादेशिक अस्पताल नामाकरण गर्न समेत समितिले माग गरेको र अस्पताल भित्र नै अक्सिजन उत्पादन गर्न काम पनि अगाडि बढ्ने चरणमा रहेको समेत अध्यक्ष रानाको भनाई छ ।