बागलुङ र पर्वतमा धान उत्पादन घट्ने अनुमान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर १३ २០७६

बागलुङ र पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका अनुसार बागलुङ र पर्वतमा ५ प्रतिशतले धान उत्पादन घट्ने अनुमान गरिएको हो ।
धान रोपाईको समयमा प्रर्याप्त मात्रामा वर्षा नहुनु, धानको फुल लाग्ने बेलामा बढि वर्षा भएको र धानमा कालो पोके लागेकोले धान उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी बताउनुभयो ।
रेग्मीका अनुसार बागलुङमा ५ हजार ९ सय ७४ हेक्टर जमिन र पर्वतमा ९ हजार ७० हेक्टर गरि १५ हजार ४४ हेक्टर जमिनमा धान रोपिएको छ । यस अबधिमा बागलुङमा १७ हजार ५ सय ४३ मेट्रिक्टन र पर्वतमा २४ हजार ९ सय ८७ गरि ४२ हजार ५ सय ३० मेट्रिक्टन धान उत्पादन हुने देखिएको हो ।
गत वर्ष बागलुङमा १८ हजार ५ सय १९ र पर्वतमा २६ हजार ३ सय ३ गरि ४४ हजार ८ सय २२ मेट्रिक्टन धान उत्पादन भएको थियो । गतवर्षको तुलनामा यस वर्ष समयमा वर्षा नहुँदा कयौ जग्गा बाझै रहेकोले धान उत्पादनमा कमि आउने अनुमान गरिएको रेम्मीको भनाई छ ।