अस्पताललाई ५९ हजार ७५ को चेक हस्तान्तरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर १२ २០७६

धौलागिरी अञ्चल अस्पताल बागलुङलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
सिटिजन बैङक बागलुङ शाखाले बुधबार एक कार्यक्रमका बिच ५९ हजार ७५ को चेक हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पोखराका प्रादेशिक प्रमुख प्रदिप सेडाईले अञ्चल अस्पतालमा रहेको गार्डेनको विकासका लागि आर्थिक सहयोग गरेको बताइएको छ ।
बैङ्का शाखा प्रबन्धक, अञ्चल अस्पतालका अध्यक्ष, सदस्य र डाक्टरहरुको उपस्थिितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा पोखराका प्रादेशिक प्रमुख प्रदिप सेडाइले अध्यक्ष केवि राना मगरलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।