गाउँ तथा नगरपालिकाका स्वास्थ्य संस्थाहरु खुल्ला

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर १२ २០७६

जिल्ला स्वास्थ्य कार्यालय बागलुङले आगमी शनिबार उपनिर्वाचन हुने बागलुङ क्षेत्र नम्बर–२ (ख) अन्तर्गत रहने गाउँ तथा नगरपालिकामाका स्वास्थ्य संस्थालाई खुल्ला राख्न निर्देशन दिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले मंसिर १० मा गरेको निर्णय अनुसार ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्वास्थ्य संस्थालाई सेवा प्रवाह गर्न अनुरोध गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख धनश्याम सापकोटाले बुधबार पत्रचार गर्दै स्वास्थ्य संस्था खुल्ला राख्नुका साथै र पालिका भित्र रहेका एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने आग्रह गर्नुभएको छ । बगिगाड गाउँपालिकाको हकमा भने निर्वाचन हुने वडा–२ को स्वास्थ्य संस्था मात्रा किटन गरिएको छ ।
मतदातहरु लामोसम्म लाइनमा बस्दा हुन सक्ने स्वास्थ्य समस्या, कुनै घटना भएमा हुने समस्यालाई मध्य नजर गरि एम्वुलेन्स सेवा र स्वास्थ्य संस्थावाट हुने नियमित तथा आकस्मिक सेवा सुचारु गर्ने निर्णय गरिएको निमित्त कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
बागलुङ क्षेत्र नम्वर २ ख मा प्रदेशसभा सदस्यका लागि र बडिगाड गाउँपालिकाको वडा नम्वर २ मा वडा अध्यक्षका लागि निर्वाचन हुदैछ । निर्वाचनका लागि आवश्यक तयारी पनि पुरा हुने क्रममा रहेको बताइएको छ ।