स्मृति कोषबाट पुरस्कार वितरण

/ प्रकाशित मिति :
बुधबार, मंसिर ११ २០७६

बागलुङ नगरपालिका– ३ रातमाटा स्थित धौलागिरी विरेन्द्र माध्यमिक विद्यालयमा अनिल स्मृति कोषबाट विभिन्न पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
२०७५ साल मंसिर १० गते यशोधरा सापकोटाका छोरा अनिल सापकोटाको विद्यालयबाट वनभोज खाना जाने क्रममा मृत्यु भएपछि उहाँको स्मृतिमा पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक सपना सापकोटाले जानकारी दिनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा विद्यालयका शिक्षक विमला गुरुङ, भुमिराज गौतम, राजन सापकोटा, वडा न ं३ का सदस्य दुर्गादेवी शर्मा, विद्यार्थिको तर्फबाट बालकुमारी अर्गेजा लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता, शिक्षक हरि गौतमको स्वागत र केशव प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।