बिद्यामन्दिर पुस्तकालय बालविकास केन्द्रको पुर्नगठन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर ९ २០७६

बिद्यामन्दिर पुस्तकालय बागलुुङ अन्र्तगतको बाल बिकास केन्द्र ब्यवस्थापन समितिको आइतबार पुर्नगठन भएको छ ।
पुस्तकालयमा आयोजित पुस्तकालय व्यवस्थापन समिति र अभिभावक भेलाले पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयां कार्य समिति गठन गरेको हो ।
समितिको सचिवमा उमा क्षेत्री रहनुभएको छ । समितिका सदस्यहरुमा राजेशचन्द्र राजभण्डारी, रामचन्द्र शर्मा राम थापा अविरल, गोविन्द वझा, कोपीला कँडेल, सुधिर श्रेष्ठ राजन प्रसाद शमार्, सरिता पौडेल, कवीता गौतम, शान्ता पौडेल र रमा पौडेल रहनुभएको छ ।
सो अवसरमा बोल्दै पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माले पुस्तकालयलाई समय सापेक्ष र प्रविधियुक्त बनाउन रोकारवालाको सकरात्मक र प्रभावकारी भुमिका हुनुपर्ने बताउनुभयो । पुस्तकालयमा हाल १५ जना बालबालिका रहेका छन् ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।