छात्रवृत्ति वितरण गरियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर ९ २០७६

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १२ मा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण गरिएको छ ।
उक्त विद्यालयका पूर्व्विद्यार्थीले स्थापना गरेको जनता सुदर्शन मा. वि. विद्यार्थी कल्याण स्वर्ण छात्रवृत्ति अक्षयकोषले अक्षयकोष छात्रवृत्ति वितरण गरेको हो।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट अंकका साथ उर्तीर्ण भएका दलित छात्र, छात्रालाई जनही क्रमशः एक हजार, १५ सय, दुई हजार रुपैंयाँ तथा कक्षा १ देखि १२ सम्मका उच्चतम अंक ल्याउने प्रत्यक कक्षाका एक जना छात्र र एक जना छात्रा लाई क्रमशः,१५ सय ,दुई हजार, तीन हजारका दरले जेहन्दार छात्रवृत्ति वितरण गरिएको थियोे ।
त्यसैगरी, विद्यालयका अति विपन्न २० जना विद्यार्थीलाई शैक्षिक सहायता स्वरुप रु एक हजारसमेत प्रदान गरिएको थियोे। यस्तै अक्षयकोषबाट शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोगको लागि ३६ हजार बरावरको मिदास ईलर्निङ सफ्टवेयर वार्ड १२ का सबै विद्यालयमा हस्तान्तरण गरिएको छ ।
कूल ८ लाख राशिको उक्त अक्षयकोषको प्राप्त व्याजबाट प्राप्त रकमको २०५ रकम सावाँमा थप्दै जाने विधान अनुसार हाल अक्षयकोषमा आठ लाख ४६ हजार ९सय रुपैँयां पुगेको छ । उक्त समारोहमा अक्षयकोषका उपाध्यक्ष झलक रिमालले १ लाख बरावरको न्यानो कपडा स्विटर वडाका सबै विद्यालयका आधारभुत तहका २५० जना विद्यार्थीलाई वितरण गर्नुभएको थियो ।