एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम जिल्ला परिषद सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १ २០७६

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको प्रथम जिल्ला परिषद शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका केन्द्रिय अध्यक्ष शकर अधिकारीले समाजवादी शिक्षाको नीति समाजवादी शिक्षाको आधार भएकोले राज्यले आवश्यक शिक्षा नीति तयार गर्नुपर्ने बताउनुभएको थियो ।
अध्यक्ष अधिकारीले शिक्षक राजनीतिक पार्टीका कार्यकर्ता नभएर दक्ष जनशक्ति उत्पादन सशक्त माध्यम भएको बताउनुभयो । शिक्षकले राजनीतिलाई भन्दा आफ्नो पेशागत दक्षता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्र्टी नेकपा बागलुङका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटा, एकिकृत नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झपिन्द्र क्षेत्रि, प्रदेश सदस्य सोमनाथ ढुङ्गाना, शिक्षा विकास तथा समन्य ईकाइ प्रमुख कुश्मराज उपाध्याय, नेपाल शिक्षक संगठन बागलुङका केन्द्रिय प्रनितिधि होमा रिजाल, नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष गोविन्द भण्डारी नगर कमिटि अध्यक्ष सूर्य महत लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा सचिव विर बं चोखालले सांगठनिक तथा आर्थिक प्रतिबेदन प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष जीतबहादुर थापाको अध्यक्षता, महिला उपाध्यक्ष लोकमाया थापाको स्वागत र सचिव विर बहादुर चोखालको संचालनमा सम्पन्न भएको थियो