विद्यार्थिहरुद्धारा खाद्यान्न सहयोग हस्तान्तरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, कार्तिक ३០ २០७६

बागलुङ नगरपालिका १ रामरेखा स्थित चिल्ड्रेन लाईफ ईलिस बोर्डिङ स्कुलका विद्यार्थिहरुले हरिहर सन्यास बृद्धाआश्रम बागलुङ शाखालाई खाद्यान्न सामान हस्तान्तरण गरेका छन ।
स्कुलका कक्षा ६ मा अध्ययनरत ९८ जना विद्यार्थिहरुले एप्सेन्ट फि उठाएर शुक्रबार एक कार्यक्रमका विच आश्रमलाई खाद्यान्न हस्तान्तरण गरिएको स्कुलका शिक्षक देविप्रसाद शर्माले जानकारी दिनुभयो ।

विगतका दिनहरुमा एप्सेन्ट फि उठाएर विभिन्न कार्यक्रमहरु संचालन गर्ने विद्यार्थिहरुले अहिले सामाजिक क्षेत्रमा सहयोग गर्नु मानवियता रहेकोले आश्रमलाई सहयोग गरेको विद्यार्थिहरुको भनाई छ । आश्रममा विद्यार्थिहरुले ५ हजार बराबरको खाद्यन्न सहयोग हस्तान्तरण गरिएको शिक्षक बन्दना जोसिले बताउनुभयो ।

उहाँका अनुसार आश्रममा आबश्यक पर्ने चिज चामल, दाल फलफुल सहयोग हस्तान्तरण गरिएको हो । खाद्यान्न हस्तान्तरण कार्यक्रमको संचालन शिक्षक बन्दना जोसिले गर्नुभएको थियो ।