८ मतदानस्थल संवेदनशील, नेपाली सेनाको परिचालन हुने

सुरक्षाको कस्तो तयारी गरेको छ त प्रजिअ क्षेत्री संग गरिएको कुराकानी सहित
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २४ २០७६

आगामी मंसिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ ।
क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका–२ का लागि तोकिएको एक मतदानस्थल मध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
पच्चीस मतदानस्थल मध्ये आठ वटा मतदानस्थल अति संवेदनशील र १७ मतदानस्थल संवेदनशील रहेका जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरिरहेका छन् ।
यसैबीच साथी नवीन शिशिरले बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीलाई आठ अति संवेदनशिल सहित अन्य मतदान स्थलमा ढुक्कसँग मतदान गर्ने बातावरण तयार गर्न जिल्ला सुरक्षा समितिले कस्तो तयारी गरेको छ ? भनेर सोध्नुभएको छ ।
अडियो सुन्नुहोसः