ताराखोलाको हिलमा हजार दिने आमालाई कोसेली वितरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक २२ २០७६

बागलुङको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा तथा गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ३ हिलमा हजार दिने आमाहरुलाई वडाको कोेसेली वितरण गरिएकोे छ ।
हजार दिने आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि आमाहरुलाई वडाको कोसेली वितरण गरेको वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिनुभयो । कोसेलीमा अण्डा, आयोडिनयुक्त नुन, सरसफाईका सामग्री राखिएको उहाँले बताउनुभयो ।
हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिन र परिवारका सदस्यहरुलाई पनि आमाको स्वास्थ्यप्रति चनाखो हुनुपर्छ भन्ने सन्देश दिनका लागि गाउँपालिकाको आयोजनामा कोसेली वितरण गरिएको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक खड्काले बताउनुभयो ।
कोसेली राखिएका पोषिला खानेकुराबाट पोषणका बारेमा घरपरिवार पनि जानकार हुने हिल स्वास्थ्य चौकीका निमित्त इन्चार्ज जयन्ती रोकाले बताउनुभयो ।
वडा कार्यालयले प्रदान गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरुलाई पनि हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणका बारेमा ध्यान दिनुपर्ने कुरा सिकाएको सुआहारा कार्यक्रम ताराखोला गाउँपालिकाका सुपरभाइजर किशोर घर्ती मगरले जानकारी गराउनुभयो । २४ गते अर्गल र २९ गते ताराखोलामा कार्यक्रम समेत तय भएको घर्तीले बताउनुभयो ।