नगरपालिकाका २७ विद्यालयलाई शैक्षिक साम्रागी वितरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक २२ २០७६

बागलुुङ नगरपालिकाले प्रारम्भिक बालकक्षा सहित रहेका २७ विद्यालयलाई शैक्षिक साम्रागी वितरण गरेको छ ।
विहिवार नगरपालिकाले एक कार्यक्रमकाविच विद्यालयहरुलाई बालबालिकाका लागि खेल सामाग्री (गुुडियाँ), कार्पेट , लगायतका साम्रागी वितरण गरेको थियो ।
बालकक्षा सहित सञ्चालनमा रहेका बालबालिकाको भविष्यलाई मध्यनजर गरी नगरपालिकाले ल्याएको कार्यक्रम अन्तर्गत शैक्षिक साम्रागी वितरण गरेको हो ।
बालबालिकालाई सफा सुुग्घर वातावरणमा हुुर्कन र खेल्दै रमाउदँ सिकाईका लागि साम्रागी वितरण गरेको नगरशिक्षा अधिकारी डण्डपानी पौडेलले जानकारी दिनुभयो ।