विद्यार्थी परिषद बागलुङको अध्यक्षमा युवराज सापकोटा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, कार्तिक १६ २០७६

प्राविधिक विद्यार्थी परिषद बागलुङको प्रथम भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले युवराज सापकोटाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बलराम रिजाल र सुविना आचार्य रहनुभएको छ । परिषदको सचिवमा सरोज रिजाल रहनुभएको छ ।
त्यसैगरी समितिको सह–सचिवमा प्रदिप आचार्य, र कोषाध्यक्षमा अर्जुन रेग्मी रहनुभएको छ । परिषदको सदस्यहरुमा किशोर रायमाझी, प्रदिप कंडेल, मणि कंडेल हरिकृष्ण सापकोटा, साजन किसान, विवेक शर्मा, मञ्जु शर्मा अमृत कंडेल र श्याम गैरे रहनुभएको छ ।
विभिन्न क्षेत्रमा अध्ययन गरेका प्राविधिक विद्यार्थीहरुको समुुहले आफ्नो क्षेत्रमा सिकेका सीपलाई प्रयोगात्मक रुपमा परिचालन गर्नका निम्ती संगठनिक रुपमा लाग्ने उद्देश्यले परिषदको गठन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
त्यसैगरी परिषदको सल्लाहकारमा केन्द्रिय उपाध्यक्ष सुजन सापकोटा र धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु सचिव विष्णुराज पौडेललाई चयन गरिएको छ । भेलाको नेतृत्व गर्दै प्राविधिक विद्यार्थी परिषदका केन्द्रिय उपाध्यक्ष सुजन सापकोटाले प्राविधिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर तर्फ उन्मुख गराउने हुँदा यस प्रति सवैले चासो व्यक्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले यो परिषदले नेपाल विद्यार्थी संघको संगठन निर्माणका साथै अन्य कुरामा पनि सहयोग गर्ने हुँदा परिषद मार्फत विद्यार्थीको हक हितका पक्षमा पनि काम गर्ने जानकारी दिनुभयो । यस परिषदमा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरु मात्र सदस्य बन्न पाउने प्रावधान रहेको छ ।