निशुुल्क स्वास्थ्य शिविरमा ६ हजार बढीले लिए सेवा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक ८ २០७६

धौलागिरी अञ्चल अस्पतालमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ६ हजार बढिले सेवा लिएका छन् ।
धौलागिरि अञ्चल अस्पताल बागलुङ, रोटरी क्लव अफ बागलुङ र रोट्रयाक्ट क्लव अफ बागलुङको आयोजनामा संचालित २ दिने स्वास्थ्य शिविरमा ६ हजार ९सय ८३ जनाले सेवा लिएका हुुन् ।
शिविरका लागि रोटरी ईन्टरनेशल डिस्ट्रिक ३५२३ ताईवान तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालले पनि सहयोग गरेको थियो । शिविरमा ताईवानी, पोखरा स्थित गण्डकी अस्पताल, हिमालय आँखा अस्पताल र धौलागिरी अस्पतालका चिकित्सकहरुवाट सेवा उपलव्ध भएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माल बताउनुभयो ।


शर्माका अनुसार शिविरमा ताईवानबाट ३० जना, पोखरा स्थित गण्डकी अस्पतालबाट १७ जना, हिमालय आँखा अस्पताल पोखराबाट २ जना र धौलागिरी अस्पतालमा कार्यरत चिकित्सकहरुबाट सेवाग्राहीहरुको चेकजाँच तथा उपचार गरिएको थियो । दुई दिने शिविरमा ५ हजार जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको भएपनि करिव ७ हजारको उपचार भएको रोटरी क्लवका अध्यक्ष ओमप्रकाश पौड्यालले जानकारी दिनुभयो ।
निशुल्क बृहत स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधी, चिनीयाँ (ताईवान) औषधी, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सो सम्वन्धी सेवा दिईएको जानकारी उहाँले बताउनुभयो ।
दुईदिन सम्म सञ्चालन भएको शिविरको समापनमा बोल्दै ताइवान डिस्ट्रिक जोय किउले धौलागिरी अञ्चल अस्पतालमा आकाशे पानी सङ्ककलन ट्याङ्की र जमिन मुुनीको पानी तान्नका लागि सहयोग गर्ने प्रतिवद्धता गर्नुुभएको थियो । कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर, किरणलाल श्रेष्ठ लगायतले बोल्नुुभएको थियो ।