कक्षाकोठा अभाव हुुँदा पढाईमा समस्या

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, कार्तिक ४ २០७६

बागलुुङको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव भएको छ ।
गाउँपालिकाको कार्यालय नजिक रहेको माध्यमिक विद्यालय भएका कारण विद्यार्थीको संङ्ख्या बढी हुुदा विद्यालयमा कक्षाकोठाको अभाव भएको हो । अहिले विद्यायलयमा ५९० विद्यार्थी अध्ययरत छन् ।
विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले भन्नुुभयो ठूला कोठालाई बारेर पढाउनुपर्ने बाध्यता छ । जीर्ण बनेको छात्रावास भवनमा समेत कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयलाई पाँच कोठा तत्कालै चाहिएका प्रधानाध्यापक रोकाको भनाई छ ।
‘कक्षाकोठा व्यवस्थापन भए पनि पठनपाठनमा सहजता छैन’, उहाँले भन्नुभयो, ‘एउटै कोठालाई बारेर दुई कक्षा चलाउनुपर्दा अप्ठेरो छ ।’ सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उहाँले बताउनुभयो । चालु शैक्षिक सत्रदेखि पशु विज्ञान विषयको पढाइ सुरु भएपछि विद्याथी झन बढेका छन् ।
विद्यार्थी संख्याका आधारमा भौतिक पूर्वाधारको भने कमी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले शिक्षा विभाग र पुनःनिर्माण प्राविधिकरणमा भवनको माग गरिएको बताउनुुभयो ।
‘शिक्षामा आठ कोठे भवन र प्राधिकरणमा चार कोठे भवनका लागि माग गरेका छौँ’, उहाँले भन्नुुभयो । प्राधिकरणको सहयोगमा गत आवमा दुई कोठे भवन बनेका थिए । अहिले विद्यालयमा १८ कक्षाकोठा छन् ।
बालशिक्षामा कक्षा थप भएपछि कोठा पनि बढाउनुपरेको प्रअ रोकाको भनाइ छ । उहाँका अनुसार विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुुदै आएको छ । भवनसँगै छात्रावास, खेल मैदान, शौचालयलगायत भौतिक संरचनाको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ ।
गाउँपालिकाको केन्द्रमा रहेको र विद्यार्थी सङ्ख्यासमेत बढी भएका कारण सम्बन्धित निकायले बजेटमा प्राथमिकता दिनुपर्ने विद्यालय व्यवस्थापनको माग छ । गाउँपालिकाले उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय समेत गर्ने विद्यालयले जानकारी दिएको छ ।