निःशुल्क आँखा शिविरमा ५३२ जना लाभाम्वित

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, कार्तिक ४ २០७६

बागलुङ सदरमुकाम स्थित अमृत आदर्श बोर्डिङ्ग स्कुलमा शनिबारदेखि संचालन भएको निःशुल्क आँखा शिविरमा ५ सय ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
१६ वर्ष मुनीका बालबालिकालाई लक्षित गरी संचालित दुई दिने शिविरमा १ सय ३० जनालाई निःशुुल्क चश्मा वितरण गरिएको थियो भने ४ जना बालबालिकालाई निशुुल्क उपचारका लागि काठमान्डौमा पठाउने तयारी गरेको शिविरका संयोजक निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
प्रोफेसनल सपोट सर्भिस नेपालको आयोजना, रोटरी क्लव आफ बागलुुङ, रोट्रयाक्ट क्लव र इन्ट्रयाक्टको व्यवस्थापनामा शिविर आयोजना गरिएको थियो ।
शिविरमा जापानिज र नेपाली स्वास्थ्यकर्मी डाक्टर सविना श्रेष्ठ, दिक्षा शर्मा, असेस राई, राजेश शर्मा, अपराजित महर्जन र गोपाल थापाको टोलीले आँखा परीक्षण तथा उपचार गर्नुभएको थियो ।