धौलागिरी अस्पतालको ‘बि’ ब्लक भवन उद्घाटन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असोज १५ २០७६

धौलागिरि अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बि’ ब्लक भवनको मंगलबार उद्घाटन गरिएको छ ।
भवनको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बिशेष समारोहका बीच उद्घाटन गर्नुभयो । भवन उद्घाटनपछि बोल्दै मन्त्री पुनले प्रदेश सरकारले जनताको स्वास्थ्य प्रति निकै संवेदनशिल भएर स्वास्थ्य क्षेत्रमा बढी लगानी गरिरहेको बताउनुभयो ।
उहाँले बिरामी भएर आउदा खेर नागरिकले सहज ढंगले गुणस्तीय उपचार सेवा पाउनुपर्छ भन्ने पक्षमा मन्त्रालय रहेको जानकारी दिदै यसका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा निर्माणाधिन सी बल्कले समस्या पारेको बताउदै पटक पटक समय थप भएकाले प्रदेश सरकाले पनि पहल गरिरहेको बताउनुभयो ।
मन्त्री पुनले हस्पिटल परिवार अस्पताललाई व्यवस्थीत गर्न र नागरिकलाई सेवा प्रतिवद्ध रहेको र प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय आम जनताको साथमा रहेकाले नागरिकलाई स्वस्थ्य बनाउन र गुणस्तरीय सेवा दिने कुरामा सवैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
तत्कालिन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पताल बनाउदा चाहिने अस्पताल भवन निर्माण थालेको १० वर्षमा सम्पन्न भएको अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो ।
ठेक्का रद्द गर्ने अन्तिम पत्र निर्माण व्यवसायीलाई पठाए पछि हाल आएर निर्माण सम्पन्न गरेकोे आयोजना कार्यन्वयन ईकाई कास्कीले जनाएको छ । निर्माण सम्पन्न भएको भव हालैमात्र अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ ।
तीन तले सुविधा सम्पन्न उक्त भवनमा करिव ३२ बढी कोठा छन् । भवन अभावका कारण बिरामीलाई सहज सेवा प्रदान गर्न असहज भएको थियो । भवन निर्माण संगै स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।
कार्यक्रममा पूर्व उर्जा राज्य मन्त्री रामजीप्रसाद शर्मा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेपाली कांग्रेसका सभापती दिपेन्द्र बहादुर थापा, नेकपाका नेता लालबहादुर थापा, निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, सहयोगदाताका तर्फबाट शम्भु आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।