१२० जनालाई शैक्षिक सामाग्री र ९० जना विद्यार्थीलाई पोषाक वितरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज ९ २០७६

बागलुुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरीएको छ ।
स्वर्गिय शिक्षक देवेन्द्र अधिकारी स्मृति अक्षयकोषले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।
पूर्व शिक्षक स्वर्गिय देवेन्द्र अधिकारीको स्मृतिमा उहाँको परिवारले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । अक्षयकोषको व्याजबाट आउने रकमले कोषले हरेक बर्ष प्राथमिक तहका विद्यार्थीहरुलाई पोशाक वितरण गर्दै आएको छ ।
बुधबार आयोजित एक समारोहमा कोषले ९० जना विद्यार्थीहरुलाई ट्रयाक र सुट वितरण गरेको हो । बुधबार अनुपस्थित रहेका ८ जना विद्यार्थीलाई पनि प्रधानाध्यापक मार्फत पोशाक उपलब्ध गराउने विद्यालयले जानकारी दिएको छ ।
पोषाक वितरण गर्दै विद्यालयका पुर्व प्रधानाध्यापक जगन्नाथ आचार्य सामुदायीक विद्यालयमा पूर्व शिक्षकहरुले जस्तै विद्यार्थीले पनि मेहनत गर्नुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रम भवन निर्माण समितिका संयोजक लालचन्द्र राजभण्डारीको अध्यक्षता र शिक्षक छविरवण रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयले कोषको व्याजबाट आएको १ लाख १५ हजार रुपैयाँको लागतमा पोषाक वितरण गरेको हो ।

यसैगरि बागलुङ सदरमुकाम स्थित बालमन्दिर प्राविका विद्यार्थीलाई बुधबार शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाल विद्यार्थी संघ ईकाइ समिती धौलागिरी बहुमुखी क्याम्पस बागलुङका सचिव दिपक सुबेदीले आफ्नो जन्म दिनको अबसरमा विद्यालयमा रहेका १ सय २० जना विद्यार्थीलाई कापी कलम वितरण गर्नुभएको हो ।
जन्मोेत्सब मनाउन हुने खर्च कटाएर विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरेकोे सुवेदीले बताउनुभयो । शैक्षिक सामाग्रि वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति दिपेन्द्र थापा, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, महासमिति सदस्य कल्पना हमाल पाठक, नेवि संघका सहमाहमन्त्रि हरिहर सर्मा, नेपाली शिक्षक संघका अध्यक्ष उमकान्त सर्मा पौडेल लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा युथ अफ जैमिनिका उपाध्यक्ष एवं नेपाल विद्यार्थी संघ ईकाइका सचिव दिपक सुबेदीको अध्यक्षता, नेविसंघका सभापति दिनेश पन्तको स्वागत र बाल कृष्ण अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।