विद्यार्थी बढे पछि मर्ज प्रक्रिया तत्काललाई रोकियोे

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, असोज ६ २០७६

विद्यार्थी संख्या कम हुँदा विद्यालय गाभिने अवस्थामा पुगेको बानपा–४ पाखाथर स्थित गणेश प्राविको मर्ज प्रक्रिया तत्काललाई रोकिएको छ ।
नयाँ शैक्षिक सत्रमा संचालन गरिएको भर्ना अभियानबाट विद्यार्थी संख्या वृद्धि भए पछि मर्ज प्रक्रिया रोकिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार बिक्रम क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालयमा ४ जना विद्यार्थि मात्र भएपछि बागलुङ नगरपालिकाले बिद्यालय मर्जको आग्रह गरेको थियो । भर्ना अभियानबाट ४० जना विद्यार्थी थप भई ४४ जना बिद्यार्थी पुगेको बताइएको छ ।
सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षा दिन शुरूवात गरेपछि अहिले निजी बिद्यालयमा गएका बालबालिका बिद्यालयमा फर्किन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रिले बताउनुभयो । विद्यार्थिहरुको लागि शुद्ध खानेपानी खुवाउनको लािग युरोगार्डको समेत व्यबस्था गरिएको छ ।
भुकम्पबाट क्षत बिच्छेद भएको बिद्यालयलाई भौतिक रूपमा निर्माण कार्यलाई समेत तिब्रता दिदै आएको सो विद्यालयमा बागलुङ नगरपालिकाले आर्थिक भौतीक सहयोग गरेपछि सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गराउन सफल भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।