लायन्स क्लवले संस्कृत विद्यालयमा फर्निचर सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज ५ २០७६

लायन्स क्लव अफ बागलुुङले मुुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालय बागलुङमा फर्निचर सामाग्री सहयोग गरेको छ ।
बागलुुङ नगरपालिका ४ कुडुुले स्थित वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय तिरुपति वालाजीधाममा लायन्स क्लव अफ बागलुुङले ५० हजार बराबरको फर्निचर सामान सहयोग सहयोग गरेको हो ।
दुुखी गरिवीलाई सहयोग गर्ने उदेश्यले स्थापना भएको लायन्स क्लव अफ विभिन्न देशहरुमा भएको र क्लवले पनि बागलुुङको विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुु¥याउने उदेश्यले संस्कृत विद्यालयले टेबल, प्लाष्टिकका कुुर्ची, ¥याक लगायतका सामान सहयोग गरेको हो ।
कार्यक्रममा लायन्स क्लव अफ बागलुुङका वरिष्ठ सल्लाहकार काजिमान गुुरुङले लायन्स क्लव अफ जहाँ आपत विपत पर्छ त्यहाँ सहयोग गर्ने उदेश्यले क्लवको स्थापना विभिन्न मुुलुुकहरुका स्थापना भएको जानकारी दिनुुभएको थियो ।
यसैंविच वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ती ज्ञवालीले धौलागिरी अञ्चलमा नै एक मात्र संस्कृत विद्यालय भएकाले संस्कृत बचाउनका लागि सवैले साथ आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लवका एओजि भरत शर्मा, जोन चेरपरसन युुक्त प्रसाद सुुवेदी, लायन्स क्लव अफ कालिगण्डकीका अध्यक्ष गोविन्द क्षेत्री, लायन्स क्लव अफ कालिकाका अध्यक्ष बलबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम लायन्स क्लव अफ बागलुुङका अध्यक्ष विकास पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष केशव सापकोटाको स्वागत र सचिव ईश्वरलाल राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।