धविमाविको ५६ औ वाषिकोत्सब सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असोज ३ २០७६

बागलुुङ नगरपालिका–३ स्थित धौलागिरी विरेन्द्र माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव विहिवार सम्पन्न भएको छ ।
धौलागिरी विरेन्द्र माध्यमिक विद्यालयको ५६ औ वार्षिकोत्सवको मुल समारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि समुदायको महत्वपुर्ण भुमिका रहने बताउनुुभएको छ ।
सांसद सापकोटाले सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको लागि प्रविधिमन्त्री एवं व्यवहारिक शिक्षालाई व्यबस्थित तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुुभएको छ
२०२१ शालमा स्थापना भएको सामुदायक विद्यायमा प्राविधिक धारको शिक्षाको सुरुवात गरेपछि विद्यार्थिको आर्कषण बढेको विद्यालयका प्रधानाध्यापक विमला गुरुङले बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी डण्डपाणि सर्मा, बागलुङ नगरपालिका ३ का वडा अध्यक्ष लक्ष्मी बासकोटा, विद्यालय व्यबस्थापन समितिका पुर्व अध्यक्ष टिकाराम सापकोटा, विद्यालय व्यबस्थापन समितिका राजन सापकोटा, विद्यालयका शिक्षक भुमिराज गौर्त बोल्नुभएको थियो ।
कार्यक्रममा पुर्व विद्यार्थिहरुलाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता र शिक्षक रेसम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।