हरिकमल आधारभुुत विद्यालयको २४ औँ वार्सिकोत्सव सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज २ २០७६

बागलुुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्थित हरिकमल आधारभुुत विद्यालयको २४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस बुुधवार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिका– २ का वडा अध्यक्ष विद्यापति शर्माले काठेखोला गाउँपालिकाका भित्रका सामुुदायिक विद्यालयहरुको गुुणस्तर सुुधारमा गाउँपालिकाले गुुरुयोजना तयार गरेर अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघका अध्यक्ष हरिबहादुुर केसी , जनकल्याण मावि स्रोत व्यक्ति पुुर्णप्रसाद ढुुङ्गाना , शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुुर केसी , समाजसेवी प्रकाशमान थापा, दयाराम थापा, जनकल्याण माविका प्रधानाध्यापक लिलाराम सापकोटा लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ गौतमले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुुभएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयले सदन स्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगीतामा सगरमाथा सदन प्रथम, अन्नपुुर्ण सदन द्धितिय , माछापुुच्छे« सदन तृतिय भएको प्रधानध्यापक होमनाथ गौतमले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगनाथ सापकोटाको अध्यक्षता, मायाकुुमारी थापाको स्वागत र शिक्षक गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।