काशीराम छन्त्याल प्राविमा दिवा खाजा सुुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज २ २០७६

बागलुुङको काठेखोला गाउँपालिका– ८ लेखानी स्थित काशीराम छन्त्याल प्राविमा दिवा खाजा कार्यक्रम सुुरु भएको छ ।
दिवा खाजा कार्यक्रमको उद्घाटन पछि बोल्दै पुुर्व लेखानी गाविसका अध्यक्ष दिलबहादुर छन्त्यालले दिवा खाजा कार्यक्रमसँगै सामुुदायिक विद्यालयको गुुणस्तर सुधारमा सवै लागि पर्न आग्रह गर्नुुभएको थियो ।
राम्रो गुुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्र गाउँबाट बोर्डिङ स्कुल खोज्दै सहर पस्ने परिपाटीको अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि चन्द्र कुुमार पुन, विद्यालय व्यवस्थापन समितिका सदस्य कोपिला रणपाल रुद्रप्रसाद प्रधान लगायतले बोल्नुुभएको थियो । सोही अवसरमा विद्यालयका शिक्षक मिना पुुन काउचाले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुुभएको थियो ।
कार्यक्रम अभिभावक संघका अध्यक्ष टेकबहादुर विकको अध्यक्षता र प्रधानाध्यापक दिलबहादुर काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।