डेंगीबारे जनचेतना फैलाउँदै विद्यार्थी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज २ २០७६

बागलुङ सदरमुकाम स्थित एक विद्यालयले डेंगीरोग बारे बजार बासीलाई सचेतना अभियान संचालन गरेको छ ।
बागलुङ नगरपालिका २ स्थित गरिमा आवासीय माबि र डिग्निटी कलेजले सामुदायिक प्रहरीसँगको साझेदारीमा सचेतना ¥याली निकालेको हो ।
अभियानमा व्यानर सहित बजार परिक्रमा गरी डेंगी रोगबारे जानकारी मुलक पर्चाहरु वितरण गरेको थियो ।
डेंगी लाग्ने तरिका, सर्ने माध्यम, रोगबाट बच्ने उपायका साथै डेंगु ज्वरो आए नआएको एकीन गर्न बागलुङ जिल्लाको धौलागिरी अस्पताल बाहेक अन्य स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा आवश्यक उपकरण (किट)को उपलव्धता बारे पनि बजारवासीलाई जानकारी दिइएको थियो ।