स्वस्थ बच्चा प्रतियोगितामा आरम्भ प्रधान प्रथम

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, भाद्र ३០ २០७६

बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताहको दोस्रो दिन स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ ।
बिविध कार्यक्रमका साथ संचालन गरिएको सप्ताहको दोस्रो दिन ६ महिनादेखि ५ बर्ष उमेरका बच्चाहरुको लागि स्वस्थ्य बच्चा प्रतियोगिता गरिएको हो ।
३० बच्चाको स्वास्थ्य प्ररिक्षण गरिएको प्रतियोगितामा आरम्भ प्रधान प्रथम हुनुभएको छ । प्रतियोगितामा रबिन श्रेष्ठ द्धितीय, साहिंसा काउचा तृतीय र तिसा श्रेष्ठ सान्त्वना हुनु भएको कार्यक्रमका संयोजक गणेश महतोले जानकारी दिनुभयो ।
बच्चाको अवधि स्वास्थ्यको हिसावले संवेदनशिल भएकाले यस अवस्थामा आमा तथा परिवारका सदस्यले बिशेष ख्याल गर्नुपर्ने सन्देश र सचेतनाका लागि स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरिएको संयोजक महतोले बताउनुभयो ।
स्वास्थ्य बच्चा प्रतियोगिताको स्वास्थ्य परिक्षणका क्रममा नौ जना बच्चामा पोषण नपुगेको पाइएको धौलागिरी अञ्चल अस्पताका डा. प्रनिता राजभण्डारीले बताउनुभयो । कार्यक्रममा धौलागिरी अञ्चल हस्पिटल बागलुङका अध्यक्ष केवी रानाले भोलिका कर्णाधार मानिएका बालबालिकाको स्वस्थ जीवनका लागि परिवार र समाज सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता र निर्वतमान अध्यक्ष अम्बिका बस्नेतको स्वागत र संयोजक गणेश महतोको संचालनमा सम्पन्न भएको थियो । जेसीज सप्ताहका बारेमा मुल संयोजक आकृति भण्डारीले प्रकाश पार्नुभएको थियो ।
यसैगरि सप्ताहको दोस्रो दिनको कार्यक्रम अन्तरगत बागलुङ जेसीजको ४१ औ स्थापना दिवस पनि मनाइएको छ । सप्ताहको तेस्रो दिन भदौ ३० गते स्वर्गिय सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता भदौ ३१ गते वाईवाई अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता, असोज १ गते बोर्ड व्यवस्थापन, २ गते अन्तरक्रिया कार्यक्रम, ३ गते स्वर्गिय प्रगतिकुुमार श्रेष्ठको स्मृतिमा अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता तथा समापन कार्यक्रम आयोजना गरिएको मुल संयोजक भण्डारीले जानकारी दिनुभयो ।