जनता माविको वार्षिकोत्सव सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, भाद्र १८ २០७६

बागलुङको काठेखोला गाउँपालिका–३ स्थित जनता माविको ६१ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मंगलबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको मुल समारोहमा बोल्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्रीले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि सबै पक्ष जिम्मेवार रहेको बताउनुभयो ।
सरकारी शिक्षक, कर्मचारी स्वयम आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थाले पछि सामुदायिक विद्यालय प्रति विश्वास गुम्दै गएको उल्लेख गर्नूभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका–३ धम्जाका वडा सदस्य खुम भण्डारी, भीमापोखरा स्रोत केन्द्रका स्रोतव्यक्ति पूर्णप्रसाद ढुङ्गाना लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिण प्रतिवेदन प्रस्तुत गर्दै प्रधानध्यापक कुलदिप क्षत्रीले विद्यालय संरचना र आधुनिक शैक्षिक सामाग्रीको व्यवस्थापनमा गाउँपालिकाले ध्यान दिनुपर्ने उल्लेख गर्नूभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीको अध्यक्षता यमुना थापाको स्वागत र शिक्षक दलबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
वार्षिकोत्सवको अवसरमा आयोजित तीज गीत प्रतियोगीतामा साविक धम्जा ५ आमा समूह प्रथम, युनिक आधारभूत विद्यालय द्धितीय र धम्जा ६ तृतीय भएका थियो । हाजिरी जवाफ प्रतियोगीतामा जनता मावि प्रथम र द्धितीय तथा युनिक आधारभूत विद्यालय तृतीय भएको प्रधानध्यापक कुलदिप क्षत्रीले बताउनुभयो ।
खुल्ला नृत्य प्रतियोगीतामा युनिक आधारभूत विद्यालय प्रथम र जनता माविको दुई समूह द्धितीय र तृतीय भएका थियो ।