क्यु सिस्टम मेसिन र शव भण्डारण बाकसको शुभारम्भ

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, भाद्र १០ २០७६

धौलागिरि अञ्चल अस्पताल बागलुङमा बिरामीहरुको सहजताका लागि क्यु सिस्टम मेसिन र शव भण्डारण बाकसको शुभारम्भ गएिको छ ।

धौलागिरि अञ्चल अस्पताललाई प्रबृद्धिसंग जोड्दै बिरामीहरुको सहजताका लागि क्यु सिस्टम मेसिन र अस्तालमा उपचारका क्रममा मृत्यु भएपछि राख्ने शव भण्डारण मेसिनको शुभारम्भ गरिएको हो ।

दुवै सेवाको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरिक्षक नवराज भट्ट, स्थानिय जनप्रतिनिधी लगाएतले शुभारम्भ गर्नु भएको थियो ।

अस्पतालमा क्यु सिस्टम मेसिनको शुभारम्भ भएपछि बिरामीहरुलाई लाइन लाउनुपर्ने सास्ती र बाध्यताको अन्त्य हुने भएको छ भने शव सडेर दुर्घन्धित हुने समस्याको पनि अन्त्य भएको अस्पताल बिकास समितिले जनाएको छ ।

स्थानिय समाजसेवी उज्वल खड्का, मनमोहन श्रेष्ठ र शम्भु आचार्यको सक्रियतामा संकलन भएको २ लाख ९९ हजार रकमवाट क्यु सिस्टम मेसिन र अस्पतालले १३ लाखको लागतमा ४ वटा शव राख्न मिल्ने शव बाकस खरिद गरेको समितिका अध्यक्ष केवि राना मगरले बताउनुभयो ।

मेसिनमा औलाले थिचेपछि कम्प्युटरले पालो आएमा नम्वर अनुसार बोलाउने प्रबृद्धि जडान भएको जानकारी दिदै राना मगरले सम्भवत यो सेवा गण्डकी प्रदेश मै पहिलो भएको दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पछिल्लो समयमा अञ्चल अस्पतालले सेवाग्राहीको सुविधाका लागि गरेको प्रयासमा सवैको साथ रहनुपर्ने बताउनुभयो । अञ्चल अस्पतालको स्वरुप नै परिवर्तन भएकाले यसको थप बिकासका लागि सहकार्य र छलफल आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बानपा २ का वडा अध्यक्ष जिवन आचार्य, सहयोगीको तर्फवाट शम्भु आचार्य र राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरको अध्यक्षता, निमिक्त मेडिकल सुपरिटेन्डेन डाक्टर शैलेन्द्र बि पोखरेलको स्वागत र समितिका सदस्य शालिग्राम शर्माको संचालनमा सम्पन्न भएको थियो ।