रणस्मृति पुरस्कार संस्थाद्धारा साहित्यकार र विद्यार्थी पुरस्कृत

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, भाद्र ७ २០७६

रणस्मृति पुरस्कार संस्था बागलुङले एक जना साहित्यकार र कक्षा ५ र ८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्र्थीलाई शुक्रबार बागलुङमा सम्मान तथा पुरस्कृत गरेको छ ।
रणस्मृति पुरस्कार संस्था बागलुङले २६ औ वार्षिकोत्सवको अवसरमा पोखराका साहित्यकार तीर्थ श्रेष्ठ र बागलुङ नगर भित्रबाट कक्षा ५ मा उत्कृष्ट अंक ल्याउने बालमन्दिर आधारभूत विद्यालयका कुशुम घर्ती मगर, गणेश थापा र कक्षा ८ मा उत्कृष्ट गणेश माविका सिमा विक, कुशुम विक, रुद्रेपिपल माविका अपेक्षा पौडेल र जनमत माविका किशोर लामिछानेलाई पुरस्कृत गरेको हो ।
बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र संस्थाका अध्यक्ष काजिरोशनले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान र पुरस्कृत गर्नूभएको थियो । पुरस्कृत हुने सम्बन्धीत विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको रण स्मृति पुरस्कार संस्थाका सदस्य सचिव भोज बहादुर खड्काले जानकारी दिनुभयो ।
बागलुङ बजारका समाजसेवी एवं शिक्षासेवी शक्ति बहादुर खड्काले आफ्ना स्वर्गीय पिता रणबहादुर खड्काको स्मृतिमा २०५० सालमा रणस्मृति कोषको स्थापना गर्नूभएको थियो । कोषबाट सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ र ८ का विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यसैगरी विगत २ वर्षदेखि संस्थाले शक्ती बहादुर खड्काको नाममा शक्ति पुरस्कार समेत वितरण गर्न शुरु गरेको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले साहित्य मार्फत समाजमा रहेका विकृति विसंगतिको अन्त्य गर्न सकिने बताउनुभयो ।
पछिल्लो समय बढ्दै गएको प्रविधिबाट टुक्रे ज्ञान मात्र सिक्न सकिने चर्चा गर्दै नगर प्रमुख पौडेलले–समाजलाई सहि मार्गमा लैजानका लागि अग्रजहरुबाट शिक्षा लिनुपर्ने उल्लेख गर्नूभयो ।
कार्यक्रममा पोखरेली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष जिवन सागर भण्डारी, बालमन्दिर आधारभुत विद्यालयका शिक्षक उमाकान्त शर्मा र पुरस्कृत विद्यार्थी गणेश माविका सिमा विकले बोल्नुभएको थियो ।
कार्यक्रम रण स्मृति पुरस्कार संस्था बागलुङका अध्यक्ष काजिरोशनको अध्यक्षता सदस्य अमृत खड्काको स्वागत र पत्रकार कोपीला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।