सामुुदायिक विद्यालयमा निशुुल्क पोशाक तथा दिवा खाजा सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन २४ २០७६

बागलुुङको काठेखोला गाउँपालिका ४ तङ्ग्राम स्थित चन्द्र आधारभुुत विद्यालयमा एक व्यक्तिले ६० हजार बरावरको निशुुल्क पोशाक वितरण गर्नुुभएको छ ।
सन्दर्भ पुुन मगर हाल वैदेशिक रोजगारीमा हुुनुुहुुन्छ, यस विद्यालयमा रहेको सम्पुुर्ण विद्यार्थीलाई निशुुल्क पोशाक वितरण गर्ने लक्ष्य लिनुुभएको छ ।
यसैविच यस विद्यालयमा निशुुल्क दिवा खाजा समेत सुुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पुुनले जानकारी दिनुुभयो । विद्यालयमा अभिभावकले मासिक रुपमा ५ सय र शिक्षकले १ हजार रुपैयाँ सहयोग गर्ने पुनले बताउनुुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका कार्यपालिका सदस्य टिकासंगम विकले अव सामुुदायिक विद्यालयलाई नमुुना विद्यालय बनाउन अभिभावक शिक्षक र विद्यार्थीको सम्वन्ध राम्रो बनाउनुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा वडा सदस्य टिकाराम पुुन, गाउँपालिकाका स्रोत व्यक्ति पुुर्णप्रसाद ढुुङ्गाना लगायतले बोल्नुुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पुुनको अध्यक्षता, शिक्षक शुकमाया पुनको स्वागत र प्रधानाध्यापक गिर बहादुुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।