गल्कोटका उप्रेती दम्पतीले दिए स्वास्थ्य चौकीलाई निशुल्क जग्गा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन २០ २០७६

बागलुङको गलकोट नगरपालिका वडा नं ६ चरौदीका एक दम्पत्तीले स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क जग्गा प्रदान गरेका छन ।

गलकोट नगरपालिका वडा नं ६ चरौदीका ८४ वर्षिय टेक बहादुर उप्रेती र उनकी श्रीमती मानकुमारी उप्रेतीले स्वास्थ्य चौकीको भवन निर्माणको लागि १ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनु भएको हो ।

चरौदीको स्यानी चौतारामा रहेको सार्वजनिक जग्गाको आडैमा रहेको कित्ता नं ५ सय ४४ बाट ३ लाख ५० हजार मूल्य पर्ने १ रोपनी बराबरको जग्गा उप्रेतीले उपलब्ध गराएको वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिनुभयो ।

वडा नं ६ मा कुनैपनि स्वास्थ्य चौकी नभएकोले गलकोट नगरपालिका वडा नं ६ का स्थानिय जनताले स्वास्थ्य चौकी मार्फत सेवा लिन सकुन भन्ने उद्देश्यले जग्गा उपलब्ध गराएको उप्रेती दम्पत्तीको भनाई छ ।

गलकोट नगरपालिका वडा नं ६ मा सार्वजनिक जग्गा सँगै भएको जग्गा स्वास्थ्य चौकीको भवन निर्माणको लागि खोजिएको थियो । गलकोट नगरपालिका वडा नं ६ का जनप्रतिनिधी लगायतको सहभागितमा १ रोपनी जग्गा स्वास्थ्य चौकीको लागि हस्तान्तरण गरिएको बताइएको छ ।