विद्यार्थिको शिक्षामा शिक्षक अभिभावकको महत्वपुर्ण भुमिका रहने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन १५ २០७६

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले बर्तमान समयका विद्यार्थिहरुलाई भविश्यका असल र सफल नागरिक बनाउनको लागि शिक्षक र अभिभावक दुबैको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ ।

बागलुङ नगरपालिका १ स्थित चिल्ड्रेन लाईफ ईङलिस बोर्डि«ङ स्कुलले आयोजना गरेको पुरस्कार वितरण तथा नतिजा प्रकासन कार्यक्रममा बोल्दै उहाँले आजका विद्यार्थि भोलीका कर्णधार भएकोले उनिहरुलाई सिद्धान्तमा आधारित किताबि ज्ञान मात्र नभई व्यबहारिक ज्ञानका कुराहरु सिकाउन पनि जरुरी रहेको बताउनुभयो ।

अहिलेका विद्यार्थीहरुले परिक्षामा राम्रो नंबर ल्याएपनि व्यबहारीक ज्ञानमा भने कमजोर रहेको गुनासो गर्दै शर्माले विद्यार्थिहरु ६ घण्टा शिक्षकहरुसंग रहने र १८ घण्टा अभिभावकहरुसंग रहने भएको हुँदा अभिभावकले विद्यार्थीको व्यबहारीक शिक्षामा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

शिक्षाक्षेत्रको अग्रज शंस्था बनाउन शिक्षक, अभिभावक र विद्यार्थि सबैले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा शर्माको जोड थियो । १ हजार ३ सय ४१ विद्यार्थि रहेको सो स्कुलमा २०७५ शालको वार्षिक परिक्षा र २०७६ शालको आन्तरीक परीक्षामा उत्कृष्ठ हुने ३ सय ६० विद्यार्थिलाई पुरस्कार वितरण गरिएको थियो ।

पछिल्लो समय स्कुलमा विद्यार्थिहरुको संङ्ख्या पनि बृद्धि हुँदै गएको प्रेन्सिपल नवराज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सो स्कुलका विधार्थिहरुले एसइइ परीक्षामा सर्वोत्कृष्ठ नंबर ल्यान सफल भएका छन् । कार्यक्रममा अभिभावक ईन्दिरा शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम स्कुल व्यस्थापन समितिका अध्यक्ष महेन्द्र आचर्यको अध्यक्षता, शिक्षक नारायण पौडेलको स्वागत मन्तव्य र विजया चालिसेको संचालनमा सम्पन्न भएको थियो ।