कक्षा १२ को नतिजा सार्वजनिक

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
मंगलबार, साउन १४ २០७६

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार उच्च तह ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
नतिजा अनुसार ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४, यस्तै २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थीको संख्या ३१ हजार, २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २ दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७, १ दशमलव ६१ देखि २ जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ रहेको छ ।
त्यसैगरि १ दशमलव २१ देखि १ दशमलव १६० प्राप्त गर्नेको संख्या १९ हजार, ० दशमलव ८१ देखि १ दशमलव २० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना र सबैभन्दा कम स्तरको ० दशमलव ० देखि ० दशमलव ८० ल्याउने विद्याथीहरु १३ हजार ३ सय ६२ जना रहेका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।
ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१ दशमलव ८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थालेको हो ।