जङ्गललाई अस्पतालमा रुपान्तर गरिएको छ: अध्यक्ष राना

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन १០ २០७६

धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले जङ्गललाई अस्पतालमा रुपान्तर गरिएको दावी गर्नु भएको छ ।
अध्यक्ष रानाले आफुु व्यवस्थापन समितिको अध्यक्षको रुपमा नियुुक्ती भएर जादा अस्पताल जङ्गल जस्तो रहेको तर अहिले अस्पतालमा परिणत गरेको दावी गर्नुभयो ।
धौलागिरि संचार क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राना मगरले पहिले अस्पताल वरिपरि झारपात रुखहरुले अस्पताललाई कुरुप बनाएको उल्लेख गर्दैै अहिले वरिपरिका रुखहरु हटाएर व्यवस्थीत पार्किङ स्थल बनाइएको बताउनुभयो ।
अस्पतालमा आउने बिरामी बाहेक अन्य मानिसहरुले अभद्र व्यवहार गरेको बताएपछि अस्पतालमा विरामी ल्याएको गाडी बाहेक अरु गाडीहरुलाई छुुट्टै स्थानमा पार्किङ स्थलको व्यवस्था गरेको समेत उहाँले जानकारी दिनुुभयो ।
अस्पतालमा आत्महत्या हत्या लगायत विभिन्न कारणले मृत्यु भएका लासहरु तिन चार दिन सम्म राख्दा वरिपरिका मानिसहरुलाई असर गरेकाले अहिले अस्पतालमा लासवाट दुुर्गन्ध नआओस भन्नका लागि मरचिउरी च्याम्वर ल्याइएको र थाइराइड सेवा, स्तनपान कक्ष र डाइलेसिस सेवा समेत सुुरु गरिएकाले अध्यक्ष रानाले बताउनुुभयो ।
अस्पतालमा अहिले चौविसे घण्टाका लागि चौकीदार राखिएको र अस्पतालमा बि ब्लक भवनमा सेवा सुरु गरिएको तथा विभिन्न रोगका बिरामीलाई निशुुल्क औषधी पनि दिन सुरु गरिएको जानकारी दिनुुभयो ।
यसैविच धौलागिरी अञ्चल अस्पतालले फेवा टेलिभिजनमा प्रशारित हामीलाई भन्नुुछ कार्यक्रम अन्तरत पत्रकार हेमराज अधिकारी प्रति डाक्टरले गरे दुव्र्यवहार शिर्षकमा प्रशारित इपिसोडप्रति अस्पताल व्यवस्थापन समितिको गम्भिर ध्यानाआर्कषण भएको अध्यक्ष केवी रानाले जानकारी दिनुुभयो ।