बागलुुङमा अन्तराष्ट्रिय सहकारी दिवस मनाउन

धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति :
आइतबार, असार १५ २០७६

जिल्ला सहकारी संघ बागलुुङले अन्तराष्ट्रिय सहकारी दिवस मनाउने भएको छ ।
संघका अध्यक्ष दिपक गौतमको अध्यक्षमा सम्पन्न बैठकले असार २१ गते शनिबारको दिन अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने निर्णय गरेको हो ।
संघले बागलुुङका सवै स्थानियतहमा सहकारी समन्वय समितिका लागि संयोजक चयन गरेको छ ।
बैठकले बागलुङ नगरपालिकाको संयोजकमा अशोक गोविन्द राजभण्डारी, गलकोट नगरपालिकामा चिन्तामणी शर्मा, ढोरपाटन नगरपालिकाको सुुनिता वि.क, काठेखोला गाउँपालिकामा खिमबहादुुर कार्की, ताराखोला गाउँपालिकामा रतनप्रसाद मलेपति, बडिगाड गाउँपालिकामा सिता शर्मा, बरेङ गाउँपालिकामा हुुमाकुुमारी जिसी अञ्जुु, निसिखोला गाउँपालिकाको कविन्द्र प्रसाद सापकोटा र तमानखोला गाउँपालिकाको तेजेन्द्र थापालाई संयोजक तोकेको छ ।